देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संयोजन समितिबाट पार्टी एकताको सहमति अनुमोदन

देशान्तर

काठमाडौं– एमाले–माओवादी पार्टीबीचको एकता संयोजन समितिको बैठक सकिएको छ । बालुवाटारमा सम्पन्न बैठकले पार्टी एकता गर्ने दुई पार्टीबीचको सहमतिलाई अनुमोदन गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
एकता संयोजन समितिको बैठकपछि अब दुवै पार्टीको छुट्टाछुट्टै बैठक बसेर पार्टी विघटन गर्ने र त्यसपछि आजै एकता घोषणा गर्ने तयारी भएको बताइएको छ ।

यसअघि दुई पार्टीका अध्यक्ष केपी ओली र प्रचण्डबीच पार्टी एकता गर्ने समझदारी भएको थियो । समझदारी पछि दुबै पार्टीको छुट्टाछुटै बैठक बसेर एकताको सहमतिलाई अनुमोदन भइसकेको अवस्थामा एकता संयोजन समितिको बैठकले पनि औपचारिकता दिएको हो ।

दुई पार्टीले एकतापछि निर्माण हुने नयाँ पार्टीको केन्द्रीय समितिको खाका तयार गरिसकेका छन् । संयुक्त पार्टीको स्थायी कमिटी ४३ सदस्सीय हुनेछ । जसमा एमालेको तर्फबाट २५ जना रहने र माओवादी केन्द्रको तर्फ १८ जना रहनेछन् । त्यस्तै केन्द्रीय समितिमा ४४१ जना रहने छन् जसमा एमालेको तर्फबाट २ सय ४१ र माओवादी केन्द्रको तर्फबाट २ सय जना रहने छन् ।