काठमाडौँ ।महानगरीय प्रहरी परिषर भक्तपुरमा नयाँ आएका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले पत्रकारलाई कुनै पनि घटनाको सूचना दिँदा प्रवक्ताबाहेक अरूले नदिन कडा निर्देशन दिएका छन् ।
परिषरले आयोजना गरेको मोफसलका पत्रकारसँगको छलफलमा परिषरका प्रवक्ताले बाहेक प्रहरी वृत्त थिमि र जगातेका प्रमुख तथा प्रहरी परिषर मातहतका अन्यले सूचना नदिन निर्देशन दिएका हुन् ।दुवै नेत्रृत्व प्रमुखलाई निर्देशन दिँदै ‘कुनै पनि घटना भए प्रवक्तालाई तत्कालै जानकारी गराउर्नुपर्ने र प्रवक्ताबाहेक अरू कसैले पनि सञ्चारकर्मीलाई सूचना नदिन एकद्वार प्रणालीबाट सूचना प्रवाह गर्न आग्रह गरे ।
पत्रकारलाई विभिन्न व्यक्तिले जथाभावी सूचना दिँदा अनुसन्धानमा बाधा पर्ने बताउँदै उनले जथाभावी सूचना दिने र सूचना चुहाउने प्रहरीलाई तत्काल कारबाही गर्नसमेत निर्देशन दिए ।सञ्चारकर्मीलाई पनि प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंसँग मात्रै आधिकारिक रुप मा सूचना लिन आग्रह गरेका छन ।
प्रतिक्रिया