काठमाडौँ ।यातायात व्यवस्था विभागअन्तर्गत एकान्तकुनास्थित लाइसेन्स कार्यालयले हेभी सवारीको लाइसेन्स बिक्री गर्ने गरेको भेटिएको छ । प्रयोगात्मक परीक्षा नै नलिई कार्यालयले लाइसेन्स वितरण गरेको भेटिएको विभाग कर्मचारीले बताएका छन ।
यो काममा ट्रायल सेन्टरमा खटिएका ५ जना विभागका इन्जिनियर, ट्राफिक प्रहरीसहितका पाँच अधिकारी संलग्न रहेको पाइएको छ ।
उनीहरुले प्रतिलाइसेन्स ५० हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ ।
ट्रायल नदिई लाइसेन्स बिक्री गर्ने गिरोहसँग मिलेर कर्मचारीहरुले यस्तो काम गर्दै आएको आशंका अख्तियारले गरेको छ ।
यसबारे अख्तियारले प्रारम्भिक अनुसन्धान सकेर थप अनुसन्धानका फाइल तयार गरिरहेको छ । अख्तियारले ५ कर्मचारी निलम्बन गर्न विभागलाई पत्र समेत काटेको जनाएको छ ।
प्रतिक्रिया