काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई रेशमी रहस्यबारे पर्दा खोल्न आग्रह गरेका छन ।
समय समयमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले मदन भण्डारीका हत्याराबारे बोलेको विषयलाई लिएर प्रबक्ता शर्माले सत्यतथ्य बाहिर ल्याउन पनि आग्रह गरेका छन ।
मदन भण्डारी र जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटनामा परेर निधन भएको थियो । त्यसलाई दुर्घटना भनिए पनि एमाले हत्या नै हो भन्दै आइरहेको छ ।
एमालेले पटक पटक सत्ताको बागडोर सम्हाल्दा र भण्डारी पत्नी विद्यादेवी दुइ पटक राष्ट्रपति भइसक्दासमेत यो विषयलाई अmझै पनि हत्या हो मात्र भन्दै आइरहेका छन् । केही तथ्य पस्किँदै काँग्रेस प्रवक्ता शर्माले समाजिक संजालमा ट्वीट गर्दै भण्डारी र ओलीलाई घटनाबारे स्मरण गराएका छन ।
उनले विद्यादेवी भण्डारीप्रति कटाक्ष गर्दै मोरङको इटहरामा मदन भण्डारी संग्रहालयको उद्घाटन गर्ने क्रममा भण्डारीले मदन भण्डारीको निधनबारे सत्यतथ्य अझै बाहिर नआउनु दुःखद भएको भनि दिएको अभिव्यक्ति स्मरण गराएका छन ।
शर्माले अहिले बिद्यादेवी भण्डरी राष्ट्रपति र केपीशर्मा ओली प्रधानमन्त्री भएको अवस्थामा पनि मदन भण्डारीको हत्याको खोजी नहुनु दुखद भएको बताएका छन ।
उनले मदन–आश्रितप्रति हार्दिक श्रद्धा व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई रेशमी पर्दा पछाडि लुकेकालाई सार्वजनिक गर्ने बेला भएन र भन्दै प्रश्न गरेका छन ।
प्रतिक्रिया