नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुईरदुई रुपैयाँ मूल्य वृद्धि गरेको छ ।
बुधबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको आयल निगमका सञ्चालक अरविन्द अग्रवालले बताए ।
मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ ।
मूल्य वृद्धि बुधबार राति १२ बजेदेखि लागू हुने जनाइएको छ ।
प्रतिक्रिया