देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मृत्यु जितेर मात्रै हुन्छ यार्साबाट कमाई

देशान्तर

काठमाडौं  । जेठ १ देखि डोल्पाका सम्पूर्ण पाटनहरु यार्सागुम्बा संकलनका लागि खुला गरिएसँगै सर्वसाधारण आफूले जान चाहेको पाटन रोज्दै धमाधम इजाजतपत्र लिएर पाटन प्रवेश गर्न थालेका छन् ।शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जिल्लाका विभिन्न नाकाबाट संकलन इजाजतपत्र वितरण गर्दै हिजोबाट यार्सागुम्बा पाटन जान खुल्ला गरेको हो ।मध्यवर्ती क्षेत्र भित्रकालाई रु एक हजार, मध्यवर्ती क्षेत्र बाहिर डोल्पा जिल्लाका सर्वसाधारणलाई रु २५ सय र जिल्ला बाहिरकालाई रु ३५ सय रकम तोकिएको निकुञ्जले जनाएको छ ।

डोल्पामा सयौँको सङ्ख्यामा रहेका यार्सागुम्बा पाटनमा दशौं हजार सर्वसाधारण वनस्पती र जीवको दुबै गुण पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बाको खोजीमा पुगिसकेका छन् । यार्सागुम्बा टिपेर आम्दानी गर्नका लागि गर्भवती, सुत्केरी महिला दूधेबालक च्यापेर यार्सागुम्बा पाटन पुगेका छन् ।
यार्सागुम्बा संकलनको समयलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन तीनवटै सुरक्षा संयन्त्र परिचालन गरिएको छ । विगतका वर्षमा जस्तै यसवर्ष पनि सुर्खेतबाट ७५ जनाको सङ्ख्यामा सशत्र प्रहरी डोल्पा आइपुगेको छ । त्यस्तै १५० भन्दा धेरै प्रहरी परिचालन गरिएको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताए ।

यार्सागुम्बा सिजन अवधिभर हुने हत्या,हिंशा,लुटपाट,चोरी डकैटीलाई नियन्त्रण गर्नका लागि तीनवटै सुरक्षा निकाय परिचारलन गरिएको बताइएको छ । यतिखेर यार्सागुम्बाको कारोवारका लागि करोडौँ रुपैयाँ बोकेर ब्यापारीहरु डोल्पा भित्रने गर्दछन् ।जिल्लाको सुरक्षा व्यवस्थालाई मध्यनजर राख्दै त्रिपुराकोट, कालागौँडा लगायतका नाकाहरुमा प्रहरीले विशेष सर्तकता अपनाएको जिल्ला प्रहरीकार्यालय डोल्पाले जनाएको छ ।