काठमाडौं पार्टी एकताबारे एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफल सकिएको छ। ओली र दाहालको छलफलले आज पनि एमाले माओबादी केन्द्रको पार्टी एकता मिति तोक्न सकेनन् । दुई अध्यक्षबीचको छलफलले पार्टी एकतालाई प्रगति उन्मुख बनाएको एमालेका उपमहासचिव विष्णु पौडेलले जानकारी दिए।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको उक्त छलफलले बिहीबार बिहान पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय गरेको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिए। भोलि बस्ने कार्यदलको बैठकले आवश्यक निर्णय लिने सहमति भएको उनले बताए। पार्टी एकतामा संसय पैदा भएको सार्वजनिक भइरहेका बेला दुई अध्यक्षबीच छलफल भएको हो। पार्टी एकतालाई जेठ पहिलो हप्ता नै अन्तिम टुंगो दिन दुई अध्यक्ष लागिपरेको बताइएको छ।
जसका लागि सरकारको नीति तथा कार्यक्रम पहिले नै पार्टी एकता गर्ने तयारी भइरहेको सार्वजनिक भएको छ। सरकारले नीति तथा कार्यक्रम जेठ ७ गते ल्याउने निर्णय गरेको छ। पार्टी एकता त्यसपहिले नै गर्ने कुरा सार्वनिक भएपनि दुवै दलले यसबारे आधिकारी जानकारी दिएका छैनन्। पार्टी एकताबारे छलफल गर्न नेकपा एमालेले बुधबार नै स्थायी कमिटी बैठक बोलाएको छ भने माओवादीको पनि केन्द्रीय कार्यालय बैठक बस्ने तयारी भइरहेको छ।
प्रतिक्रिया