काठमाडौं । डलरको मूल्य निरन्तर आकाशिएसँगै नेपाली रुपैयाँ सस्तो भएको छ। बुधबार नेपाल राष्ट्र बैंकका अनुसार डलरको खरिद मूल्य १०८ रुपैयाँ ६२ पैसा पुगेको छ। बिक्री मूल्य भने १०९ रुपैयाँ २२ पैसा पुगेको छ।
सन् २०१३ अमेरिकी डलर मूल्य ११० रुपैयाँ पुगेको थियो। अहिले त्यही गतिमा पुग्न थालेको छ। दिन प्रतिदनि डलरको मूल्य बढेको छ। डलरको मूल्य बढ्दा रेमिट्यान्स पढाउने उपयुक्त समय मानिन्छ। केही दिनअघिसम्म एक डलर नेपाल पठाउँदा नेपालमा १०२ रुपैयाँ पाइन्थ्यो भने अहिले एक डलर बराबर झण्डै १०९ रुपैयाँ पर्छ।
हाल नेपालमा औसत एक अर्ब पचास करोड डलर बराबरको रेमिट्यान्स आउने गरेको छ। डलर बढेको कारण नेपालको निर्यातजन्य उत्पादनमा पनि सहयोग पुग्छ। अहिने नेपालमा औषद दैनिक निर्यात २४ करोड रुपैयाँ बराबरको छ।
प्रतिक्रिया