देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मकालु एयरको कार्गो जहाज सम्पर्कबिहिन

देशान्तर

काठमाडौँ । सुर्खेतबाट सिमिकोटका लागि समान लिएर उडेको सम्पर्कबिहिन कार्गो जहाज हिमाली जिल्ला हुम्लाको अदानचुली-५ हिलाचौरमा भेटिएको अनुमान गरिएको छ । सुर्खेत विमानस्थलबाट ६ बजेर १२ मिनेटमा उडेको उक्त जहाजको हराउनुअघि बाजुरा विमानस्थलसँग सम्पर्क भएको थियो । बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले अदानचुली-५ को हिला चौरमा ‘खसेको’ भन्ने सूचना आएकोले उद्दार टोली त्यता खटाइएको बताए ।

९एन एजेयु कल साइन भएको उक्त जहाज कर्णाली नदीको किनारमा फोर्स ल्यान्डिङ गरिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुरमार क्षत्रीले बताएका थिए।  उनले भने, ‘जहाजमा खराबी आएपछि कर्णाली नदीको बगरमा आपतकालीन अवतरण गरिएको भन्ने सूचना आएको छ।’ जहाजमा रहेका चालक दलका दुवै सदस्य सकुशल रहेका छन्। चालकदलमा क्याप्टेन किरण भट्टराई र को-पाइलट आदित्य नेपाली रहेका थिए।  उनका अनुसार दुर्गम भएकाले पनि सबै जानकारी पाउन मुस्किल परेको छ । धुलाचौर हुम्ला र बाजुराको सिमानामा पर्छ । विमान भेटियो भनिएका स्थानहरुमा बाजुरा र हुम्लाबाट प्रहरी परिचालन गरिएको उनको भनाई छ । हराएको कार्गो विमानमा पाइलट र को–पाइलट रहेका थिए ।

 पाइलट किरण भट्टराई र को पाइलट रहेको सिंगल इन्जिन जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो। जहाजको खोजि गर्न सुर्खेतबाट हेलिकप्टरको परिचालन गरेको थियो।