देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचन क्षेत्र विकाससँग सम्बन्धित कार्यक्रम आवश्यक छ : सांसद गौतम

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसका सांसद संजय गौतमले निर्वाचन क्षेत्र विकास र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट बन्द गर्न नहुने बताएका छन् । उनले रेडियो देशान्तरको कार्यक्रम देशान्तर संवादलमा कुराकानी गर्दै पार्टीले निर्वाचन क्षेत्र विकास र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट बन्द गर्ने बिषयमा कुनै नीति तयार नगरेको स्पष्ट पारे । उनले उक्त दुई कार्यक्रम बन्दा गरिदा जनतासंग जनप्रतिनीधिको सम्बन्ध टाढा हुने र जनप्रतिनीधिलाई जनताबाट टाढा बनाउने षड्यन्त्र सुरु भएको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापा लगायतका नेताहरु भने यी दुई कार्यक्रम बन्द हुनुपर्ने पक्षमा लविङ गर्न थालेका छन् । गगन थापाले मुलुक संघीयतामा प्रवेश गरिसकेकाले निर्वाचन क्षेत्र विकाससँग सम्बन्धित दुवै कार्यक्रम बन्द गर्नुपर्ने तर्क गर्दै आएका छन् । तर एमाले उपाध्यक्ष बामदेव गौतमलाई पराजित गर्दै बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनीधिसभा सदस्यमा निर्वाचित सांसद गौतमले भने पार्टीको संसदीय दलको बैठक नभएको र यो बिषयमा छलफल समेत नभएको बताए ।

उनले भने– ‘निर्वाचन क्षेत्र विकाससँग सम्बन्धित कार्यक्रमको विपक्षमा कांग्रेसलाई देखाएर अझ जनतासंग अलग गर्ने षड्यन्त्र भएको छ । पार्टीको संसदीय दलको बैठकमा यो बिषयमा छलफल गर्न आवश्यक छ ।’ सबै सांसदले निर्वाचन क्षेत्र विकास कार्यक्रम शीर्षकमा वार्षिक ५० लाख र प्रत्यक्ष र्निाचित सांसदले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको शीर्षकमा तीन करोड रुपैयाँ पाउँदै आएका छन् । सांसद गौतमले खर्च गर्ने योजना र तरिकालाई विश्वसनीय बनाउने र अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने तर कार्यक्रम रोक्न नहुने बताए ।