देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्री अलमलमा सदस्यसचिव मस्तीमा

देशान्तर

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टका विभिन्न किस्सा यतिबेला राष्ट्रिय खेलकुद परिषद्को चर्चाको विषय बनेको छ । राखेप सदस्यसचिव विष्टले नै परिषद्मा जागिर दिएर रातारात चर्चामा आएकी एक महिला यतिबेला उनै विष्टको विशेष सहयोगमा एउटा खेल संघको महासचिव पदमासमेत आसीन हुन सफल भएकी छिन् । त्यो संघलाई विवादित बनाएर विष्टले त्यो संघलाई नेपालमा भित्र्याउन भूमिका खेल्नेहरूलाई भित्तामा पु¥याएर अर्को समूह तयार पारी संघको निर्वाचन नै गराएर ती महिलासहितको टोलीलाई निर्विरोध बनाए । यसबाट राखेप सदस्यसचिवको पहँुच र ताकत कतिसम्म छ भन्ने पुष्टि हुन्छ ।

राखेप सदस्यसचिव विष्टले आर्थिक रूपमा पनि ती महिलामार्फत राम्रो खर्च गरेको प्रमाण फेला परेको छ । विभिन्न विदेश र स्वदेशका विभिन्न स्थानका भ्रमणमा पनि विष्टले ती महिलालाई राम्रो र आकर्षक रकमसहित त्यसतर्फ पठाएका बिलहरू राखेपको आर्थिक शाखामा अहिले पनि भेट्न सकिन्छ । चाहे त्यो विगतमा मुक्तिनाथ जाँदा होस् वा भियतनाम वा अन्य देश जाँदा नै किन नहोस् सदस्यसचिव विष्टले उनलाई मोटो रकम दिएर पठाएका थिए । सदस्यसचिव विष्ट ती महिलालाई किन यति धेरै सहयोग दिन आतुर छन् यो सबैको कौतुहलको विषय बनेको छ । सदस्यसचिव विष्टले आफ्ना व्यक्तिगत हर्कतहरू लुकाउन परिषद्मा एकाथरी मान्छेहरूलाई आर्थिक लाभ दिने र चुप लगाउने काम पनि गरिरहेका दर्जनौं प्रमाण फेला परेका छन् ।

सदस्यसचिव विष्टका धेरै कर्तुतहरू मिडियाबाट आउने डरले उनले पत्रकारहरूलाई चुप लगाउनका लागि भन्दै उनका एक संयोजकमार्फत पनि मोटो रकमहरू परिषद्बाट निकालेको महालेखाको प्रतिवेदनमा देखिएको छ । उनले संयोजकको जिम्मेवारी तोकेका ती व्यक्तिले पत्रकारहरूलाई न्युट्रलाइज गर्ने काम गरिरहेको पनि राखेपका कर्मचारीहरू बताउँछन् । राखेपका कर्मचारीहरूका अनुसार परिषद्मा यति धेरै कर्तुत हुँदा हँुदै पनि उनका विषयमा टीभी र पत्रिकामा समाचारहरू नआउनुमा तिनै संयोजकले परिषद्बाट निकालेको रकम जिम्मेवार भएको आरोपसमेत लाग्दै आएको छ । आफ्ना गल्ती छिपाउन विष्टले गरेका हर्कतले खेल क्षेत्र आजित भइसकेको छ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले पनि उनलाई पटकपटक यो विषयमा सचेत गराए पनि विष्टले अटेर गर्ने गरेको पनि बुझिएको छ ।