काठमाडौं– प्रदेश ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको ५१ वर्षको उमेरमा आज निधन भएको छ ।
लामिछानेको सिनामंगलमा रहेको केएमसी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सोमबार मष्तिस्कघात भएपछि उपचारका लागि उनलाई अस्पताल लगिएको थियो । उनको मंगलबार दिउँसो निधन भएको अस्पतालले जनाएको छ । २०२४ फागुन ११ गते जन्मिएका लामिछाने भक्तपुर क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
उनको पार्थिव शरीरलाई ४ बजे अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । लामिछाने एमालेको भक्तपुर जिल्ला कमिटिका सचिव हुन । उहनका एक श्रीमती, छारा र छोरी छन् ।
प्रतिक्रिया