देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री ओलीसंग माओवादी रुष्ट

देशान्तर

काठमाडौं । पार्टी एकता प्रक्रियामा रहेका एमाले र माओबादीबीचको दुरी बढेको छ । प्रधानमन्त्रीको केशी शर्मा ओलीले सरकार सञ्चालनमा एकलौटी गरेको भन्दै असन्तुष्ट बनेको माओबादीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि थप रुष्ट बनेको छ ।

पार्टी एकताका लागि एकताको मिति तय गर्न ढिलाई भइरहेको अवस्थामा दुइपार्टीमा विबादको श्रृखला बढ्दै गएको छ । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली प्रति माओवादी नेताहरुले पछिल्लो समय चरम असन्तुष्टि जनाउँदै आएका छन् ।

बजेट निर्माण तथा हाल संसद्मा छलफल जारी रहेको बजेटका आधारभुत तथा सैद्धान्तिक पक्ष समेटिएको विनियोजन विधेयक, सचिवहरुको सरुवा, राष्ट्रिय अनुसन्धान विभागमा आफु मातहत ल्याउने लगायतका सरकारको निर्णय प्रधानमन्त्रीले एकलौटी गरेको भन्दै माओवादीले असन्तुष्टि जनाएको छ ।

पार्टी एकता नजिक रहको र संयुक्त सरकार रहेकाले महत्वपूर्ण विषयहरुमा छलफल हुनुपर्ने भएपनि एमालेले छलफल नगरेको भन्दै माओवादी नेताहरु सशंकित बनेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेका बेला अरुण तेस्रो जलविद्युत आयोजनाको माओवादीबाट मन्त्री बनेका विभागिय उर्जामन्त्री वर्षमान पुनलाई खबर नै नगरी शिलान्यास भएपछि एमाले र माओवादीपार्टीबीचको विवाद सतह आएको हो ।

अरुण तेस्रोको भारतीय प्रधानमन्त्री मोदी र नेपालको प्रधानमन्त्री ओलीले होटल द्धारिकाजबाट स्वीच थिचेर शिलान्यास गरिएको थियो । यत्रो ठुलो आयोजनाको सम्वन्धित मन्त्रालयको मन्त्रीलाई थाहानै नदिई शिलान्यास गर्नु भनेको माओवादी प्रति प्रधानमन्त्री ओलीको हेपाह प्रवृति भएको माओवादीको बुझाई छ ।

माओवादी सचिवालय सदस्य मणि थापाले ओलीले सरकार सञ्चालनमा एक लौटी गरेको भन्दै उनकै कारण पार्टी एकता भाड्न सक्ने खतरा रहेको बताए । एकताका लागि जिम्मेवारीमा रहेको मान्छेले विश्वासको वातवरण बनाउँदै जानुपर्नेमा अनिच्छा देखिउँदा परिणाम बाहिर जाने खतरा बढ्दै गएको थापाको भनाइछ ।