काठमाडौँ । इन्डोनेसियाको दोस्रो ठूलो शहर सुराबियामा रहेका तीन वटा चर्चमा आतंककारी हमला भएको छ ।आइतबार ती छुट्टाछुट्टै हमलामा प्रार्थना गरिरहेका नौ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । आतंककारीहरुले गरेको बम विस्फोटमा अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । हमलामा ४० जना भन्दा धेरै घाइते भएका बताइएको छ । बम विस्फोट निकै शक्तिशाली रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको अवस्था गम्भीर रहेको र मृत्यु हुनेको संख्या अरु बढ्न पनि सक्ने अनुमान गरिएको छ ।इन्डोनेसिया सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश हो । यहाँका मुस्लिमहरुले समय समयमा चर्चमा हमला गर्ने गरेका छन् । इन्डोनेसियाका मुस्लिमले यसै हप्ता रमादान वर्त बस्ने तयारी गरिरहेका छन् ।
त्यसको पूर्व सन्ध्यामा यसरी चर्चमा हमला भएको छ । रमादानको यस पूर्व सन्ध्यामा आतंककारी हमला हुनसक्ने अनुमानका साथ सरकारले उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको थियो । आइतबार बिहान साढे सात बजेतिर एकै समयमा आतंककारीहरुले तीनवटा चर्चमा हमला गरेका थिए ।
सरकारले आइएसको सम्भावित हमलाको लागि सुरक्षा सतर्कता अपनाएको समयमा यसरी हमला गरेका हुन् । यस हमलाको जिम्मेवारी अहिलेसम्म पनि कसैले लिएको छैन । तीनमध्ये एक चर्चमा आत्मघाती हमला भएको थियो ।
प्रतिक्रिया