देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनकपुरक्षेत्रको विकासका लागि १ अर्ब सहयोग गर्ने मोदीको घोषणा

देशान्तर

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरक्षेत्रको विकासका लागि १ अर्ब सहयोग गर्ने घोषणा गरेका छन् ।

जनकपुरको बाह्रबिघामा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो सहयोघको घोषणा गरेका हुन् ।

अयोध्या र जनकपुरलाई जोड्नका लागि आफू प्रयत्नशील रहेको भन्दै नेपाल सरकारको योजना अनुसार नै आफूले सहयोग गर्ने मोदीले बताए ।

जनकपुरक्षेत्रको समग्र विकासका लागि आफू लागिपर्ने भन्दै जनकपुर–जयनगर रेलमार्गको काम पनि तीब्रगतिमा भइरहेको उनले बताए । भारतीय सरकारले स्वच्छता अभियान चलाएको छ ।