देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनकपुरमा अयोध्या महोत्सव र अयोध्यामा जनकपुर महोत्सव हुने

देशान्तर

जनकपुरधाम। सीताको जन्मस्थल जनकपुर र रामको जन्मस्थल अयोध्यासम्म शुक्रबारबाट बस सेवा सुरु भएको छ ।जनकपुरधामको जानकी मन्दिरबाट अयोध्या जाने बस सेवाको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डा देखाएर संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।शुक्रबार जनकपुरबाट प्रस्थान गरेको बसलाई शनिबार उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले अयोध्यामा स्वागत गर्नेछन् ।

सीता र राम रामायणको प्रमुख पात्र हुन् जसलाई हिन्दूहरुले भगवानको रुपमा पुज्ने गर्दछन् । त्रेता युगमा जनकपुरका राजा जनककी छोरी सीताको बिहे भारत अयोध्याका रामसँग भएको थियो । त्यसको स्मरण गर्दै हरेक वर्ष रामनवमीको दिन अयोध्याबाट रामको जन्ती आउने र सीतालाई बिहे गरेर लैजाने परम्परा अझै कायम छ ।

रामको ससुराली जनकपुरबाट बस सेवा सुरु भएपछि जनकपुर पनि ‘रामायण सर्किट’मा औपचारिक रुपमा जोडिएको छ । अब हरेक वर्ष भारतको अयोध्यामा ‘जनकपुर महोत्सव’ र जनकपुरमा ‘अयोध्या महोत्सव’ गर्ने योजना छ ।

भारतको पर्यटन मन्त्रालयले भारतका १५ वटा धार्मिकस्थललाई जोड्ने उद्देश्यसहित रामायण सर्किटको अवधारणा ल्याएको थियो, जसमा नेपालको जनकपुरलाई पनि समेटिएको छ । राम जन्ती लिएर जनकपुर आएको र बिहे गरेर सीतालाई लिएर अयोध्या फर्किएको बाटोमा पर्ने तीर्थस्थलको विकास गर्ने उद्देश्य रामायण सर्किटको छ ।

यो रामायण सर्किटमा श्रीलंकालाई समेत जोड्ने योजना छ । लंकाका राजा रावणले सीतालाई हरण गरेको र कठिन संघर्षपछि रामले सीतालाई फिर्ता ल्याउन सफल भएको रामायणमा पढ्न पाइछ ।

बस सेवा शुभारम्भ गर्नुअघि जानकी मन्दिर परिसरमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले उनले राजा जनक र सीताको भूमिमा पहिलो भारतीय प्रधानमन्त्रीको रुपमा पाइला टेक्न पाउँदा खुसी लागेको बताए । उनले आफूलाई यहाँ स्वागत गरेकोमा प्रधानमन्त्री ओलीसहित नेपाल सरकार, प्रदेश सरकार र नगर सरकारप्रति आभार व्यक्त गरे ।उनले आफूलाई प्रधानमन्त्री बनाउने उत्तर प्रदेश, बनारस र त्यहाँका जनतालाई स्मरण गर्दै नेपाल र भारतीय जनताको अटुट सम्बन्ध अविस्मरणीय रहेको बताए ।