काठमाडौं ।नेपाल भ्रमणको पूर्वसन्ध्यामा रहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै नेपालको आर्थिक विकास र समृद्धिमा भारतले सहयोग गर्ने बताएका छन ।तीनवटा ट्वीट गर्दै मोदीले आफू प्रधानमन्त्री ओलीको आमन्त्रणमा नेपाल भ्रमणमा जान लागेको र भ्रमणले नेपाल र भारतबीचको सम्बन्ध थप सुधार गर्ने बताए ।
उनले नेपाली समकक्षी प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफल दुई देशबीचको सम्बन्ध सुधारमा केन्द्रित हुने बताए ।प्रधानमन्त्रीको रुपमा नेपालको तेस्रो भ्रमणमा आफू र आफ्नो देशले नेपालसँगको पुरानो सम्बन्ध अझ प्रगाढ बनाउने मोदीले बताए । मोदीले आफूले छिमेकीलाई पहिलो प्राथमिकतामा राखेर विकास गर्न खोजेको उल्लेख गरेका छन ।
मोदीले आफूले काठमाडौं बाहेक जनकपुर र मुक्तिनाथको यात्रा पनि गर्ने ट्वीटमा उल्लेख छ । मोदीले नेपालले राजनीतिक र आर्थिक विकासमा भारतले सधै नेपाल सरकारलाई सहयोग गर्ने बताएका छन् । उनले नेपालका अन्य राजनीति दलका नेताहरुसँग पनि भेटवार्ता हुने उल्लेख गरेका छन ।
प्रतिक्रिया