देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बजेट निर्माणको यथार्थलाई ख्याल गर्न कांग्रेस नेता रिजालको आग्रह

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले आकाशमा होइन भुइँमा टेकेर बजेट निर्माण गर्न अर्थमन्त्री डा. युवराज खतिवडालाई आग्रह गरेका छन् ।बिहीबारको संसद बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे टिप्पणी गर्दै उनले सपना देख्नु राम्रो भए पनि बजेट निर्माणको यथार्थता पनि ख्याल गर्न आग्रह गरेका हुन् ।

उनले बजेटको अनुमानित हिसाब किताब प्रस्तुत गर्दै १५ खर्ब रुपैयाँको बजेट निर्माणका लागि स्रोत कहाँबाट जुटाउनुहुन्छ ? भनी अर्थमन्त्रीलाई प्रश्न गरे ।उनले त्यसका लागि स्रोत व्यवस्थापन जटिल रहेकोबारे ध्यान दिन अर्थमन्त्रीलाई सचेत गराए । ‘९ खर्ब राजस्व संकलन गर्नुहोला, विदेशको अनुदान १ खर्ब भन्दा बढी ल्याउन गाह्रो होला, भने पनि ल्याउन सक्नुहुन्न ।

बाँकी रहृयो ५ खर्ब ऋण खोज्नुपर्छ’ रिजालले भने ‘५ खर्ब ऋणमध्ये २ खर्ब वैदेशिक ऋण लिए पनि ३ खर्ब त यहीँ (आन्तरिक ऋण) लिनुपर्ला ।सांसद रिजालले सरकारले नै कर्जा उठाउन थालेमा निजी क्षेत्रको अवस्था के होला भनेर पनि प्रश्न गरे ।