काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुषालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका कारण एमाले र माआवादीबीचको पार्टी एकिकरण प्रक्रियामा ढिलाई भएको बताइन ।रफत सञ्चार क्लबमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता भुषालले भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कार्य व्यस्तताका कारण दुई पार्टीको एकता प्रक्रियामा ढिलाई भएको बताइन ।
पार्टी एकताका विषयमा आपसी गृहकार्य भइरहेको र बाहिर आएजस्तो एमालेमा माओवादी र माओवादीमा एमाले विलय नभई सम्मानजनक ढंगले दुई पार्टी एकता हुने बताउँदै उहाँले पार्टी एकता संयोजन समितिले आवश्यक तयारी गरिरहेको उनको भनाई थियो ।
भुषालले माओवादी केन्द्रले पार्टी एकता प्रक्रियामा एमालेसँग कुनै पनि प्रकारको बार्गेनिङ नगरेको भुषालले बताइन ।
प्रतिक्रिया