काठमाडौँ । प्रिमियर लिग क्रिकेट अन्र्तगत आज कोलकोत्ता नाइट राइडर्स र मुम्बई इन्डियन्सबीच खेल हुने भएको छ । जयपुरको सवाईमानसिंह स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार राति सवा ८ बजेबाट सुरु हुनेछ ।
यसअघि गयराति भएको खेलमा राजस्थान रोयल्स १५ रनले विजयी भएको छ । टस जितेर पहिले ब्याटिगं गरेको राजस्थानले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । १ सय ५९ रनको लक्ष्य पछ्याउँदै किंग्स इलेभवन पञ्जावले निर्धारित ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।
जीतका बाबजुद राजस्थान अंक तालिकाको पुछारबाट तेस्रो स्थानमा छ भने पञ्जाव अंक तालिकाको चौथों स्थानमा रहेको छ ।
प्रतिक्रिया