काठमाडौँ । मंगलबार बिहानबाट हराएका उमाकुण्ड गाउँपालिका वडा नम्बर ५ प्रितिका ५२ वर्षीय वडा अध्यक्ष कुबीर खत्री मृत अवस्थामा सुनकोशी नदीमा भेटिएका छन् । मंगलबार बिहान ७ वजे घरबाट गाउँपालिकाको बैठकमा सहभागी हुन हिँडेका अध्यक्ष दिउँसो अबेरसम्म पनि गाउँपालिकाको कार्यालयमा नपुगेपछि उनको खोजी कार्य गरिएको थियो ।
अध्यक्ष खत्रीलाई बुधबार बिहान चलाउने भन्ने स्थान नजिकै लिखु नदीमा मृत अवस्थामा शव भेटिएको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिए ।वडा अध्यक्ष खत्रीले मगंलबार बिहान वडा नं ५ कै चिलाउने भन्ने स्थानमा आफूले प्रयोग गर्दै आएको मोटरसाइकल, कोट, जुत्ता र डायरी लगायतका सामाग्रीहरु सडक छेउमा नै छाडेका थिए ।
उनले छाडेको नोट डायरीमा ‘जिन्दगी यस्तै रहेछ, वडाका धेरै कामहरु गर्न बाँकी रहेको छ ती कामहरु क्रमश साथीहरुले गर्दै जानु भन्ने वाक्यांश लेखिएको भेटिएपछि अध्यक्ष खत्रीले आत्महत्या गरेको हुनसक्ने भन्दै स्थानीय निर्वाचित जनप्रतिनिधि, प्रहरी र स्थानिय नागरिकहरुले समेत खोजी कार्य जारी राखेका थिए । खोजी कार्यमा जुटेको दुई दिनपछि उनको शव कपडा राखिएको स्थानबाट ५ सय मिटर तल लिखु नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए ।
प्रतिक्रिया