उनले इरानमाथि आतंकवाद निर्यात गरिरहेको आरोप लगाउँदै आफ्नो पारमाणविक कार्यक्रम शान्तिपूर्ण रहेको भन्ने उसको भनाइ झूटो भएको बताए। उनले इरानी सरकारविरूद्ध कडा नाकाबन्दीहरू लगाउने एउटा आदेशमा आफूले हस्ताक्षर गर्ने पनि बताए। उक्त सहमतिका अन्य हस्ताक्षरकर्ता ब्रिटेन, फ्रान्स र जर्मनीले अमेरिकालाई सो सहमतिबाट पछि नहट्न भनेका थिए।
यसअघि फ्रान्सका विदेशमन्त्रीले ट्रम्पले जस्तो निर्णय गरे पनि आफूहरू सो सम्झौताको पक्षमा उभिरहने बताएका थिए। इरानले उसको परमाणु कार्यक्रम पूर्णतः शान्तिपूर्ण भएको जनाउने गरेको छ। इरानी राष्ट्रपति हसन रूहानीले अमेरिकाबाहेकका पारमाणविक सम्झौताका अन्य हस्ताक्षरकर्ता देशले इरानको फाइदालाई प्रत्याभूत गर्न सके तेहरानले उक्त सम्झौता पालना गर्ने बताएका थिए।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौता एकदमै काम नलाग्ने भएको भन्दै बारम्बार त्यसको आलोचना गर्दै आएका छन्।
प्रतिक्रिया