देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वप्रधानमन्त्रीहरुको ओलीलाई सुझावः राष्ट्र हितविपरित सम्झौता नगर्नू

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भारत भ्रमण तथा आगामी वर्षको नीति तथा कार्यक्रमबारे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा भएको छलफलमा पूर्वप्रधानमन्त्रीहरुले मोदी नेपाल आउँदा राष्ट्रिय हितलाई केन्द्रमा राखेर सहमति र सम्झौता गर्न सुझाव दिएका थिए । छलफलका क्रममा पूर्वप्रधानमन्त्रीहरुले मोदीको भ्रमणका बेला राष्ट्रिय हितविपरितका कुनै पनि ठुला सम्झौता नगर्न पनि प्रम ओलीलाई सचेत गरेका थिए ।

नीति तथा कार्यक्रबारे छलफल

प्रधानमन्त्री ओलीले पूर्वप्रमहरुसँग आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारेमा पनि छलफल गरेका छन् । त्यसक्रममा पूर्वप्रमहरुले नीति तथा कार्यक्रम समृद्ध नेपाललाई केन्द्रमा राखेर ल्याउन पनि सुझाव दिएका छन् ।

अघिल्ला प्रमहरु जस्तै ओलीले पनि नीति तथा कार्यक्रम ल्याउनुअघि पूर्वप्रमहरुसँग छलफल गरेका हुन् । यो छलफलमा पूर्वप्रमहरु माधवकुमार नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु उपस्थित थिए ।