काठमाडौं । आज मे ८ अर्थात विश्व रेडक्रस दिवस विभिन्न कार्यक्रम गरी मनाइदैँ छ । रेडक्रस सोसाइटीका संस्थापक जाँ हेनरी ड्युनाको सम्झनामा हरेक वर्ष मे ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । रेडक्रसको मुख्य उदेश्य मानवताको संरक्षण अनि यूद्ध ग्रस्त क्षेत्रहरुमा घाईतेहरुको उद्धार रहेको छ ।
रेडक्रस संस्था संसारभरिका १सय ९० भन्दा बढी देशहरुमा कार्यरत छ । नेपालमा २०२० सालमा स्थापना भएको रेडक्रस सोसाइटीको अहिले सबै जिल्लामा शाखा र १ हजारभन्दा बढी उपशाखाहरु छन् । सम्पूर्ण ७५ वटै जिल्लाहरुमा नेपाल रेडक्रसले आफ्नो सेवाहरु दिँदै आएको छ ।
अहिले नेपालमा रेडक्रममा ११ लाखभन्दा बढी स्वयंसेवक आवद्ध छन् । रेडक्रसले युद्ध, प्राकृतिक विपत्ति, विकास र शान्ति सबै परिस्थितिमा सेवा पु¥याउँदै आएको छ । दिवसका अवसरमा रेडक्रसका शाखा तथा उपशाखाले देशैभरी ¥याली, रक्तदान, विपद् व्यपस्थापन सम्बन्धी जनचेतना जगाउने कार्यक्रमहरु आयोजना गरेका छन् ।
प्रतिक्रिया