काठमाडौं । सरकारले सिन्डिकेटको समर्थन गर्दै सवारी बन्द गर्ने यातायात समितिहरुको रोक्का बैंक खाता फुकुवा गर्ने सहमति गरेको खुलासा भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले आइतबार मध्यरातमा व्यवसायीहरुसँग वार्ता गरेका थिए । वार्तामा सिन्डिकेट तोड्नेसहितका सहमति भयो ।
तर, सहमतिबारे जानकारी दिन मन्त्रालयले राखेको संयुक्त पत्रकार सम्मेलनमा व्यवसायीले मन्त्रीको पोल खोले । मन्त्री रघुवीर महासेठले सिन्डिकेट अन्त्य गर्ने, दुर्घटनाबारे अध्ययन गर्न आयोग बनाउने, यातायात क्षेत्रको सुधारका लागि कार्यदल बनाउने र आन्दोलन फिर्ता लिने सहमति भएको बताए ।
तर, यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले आपत्ति जनाएका छन् । वार्तामा भएका केही सहमति मन्त्रीले लुकाएको महासंघका उपाध्यक्ष विजय स्वाँरको पनिआरोप छ ।
अध्यक्ष कर्मचार्यका अनुसार यातायात समितिहरुको रोक्का गरिएको बैंक खाता फुकुवा गर्न मन्त्रीले सहयोग गर्ने सहमति भएको छ । तर, सो विषय बाहिर नआएकोमा व्यवसायीको आपत्ति छ ।
प्रतिक्रिया