काठमाडौं । अभिनेता आयुष्मान देशराज जोशीकी पूर्वप्रेमिका चपली हाइट— २ फेम परमिता आरएल राना नयाँ फिल्ममा अनुबन्ध भएकी छिन् । गोपीकृष्ण मुभिजको तर्फबाट निर्माण हुन लागेको फिल्म ‘रोजी’मा युवा स्टारको उपमा पाएका प्रदीप खड्काको अपोजिटमा परमिता फाइनल भएकी हुन् ।
बिहीबार सम्पन्न एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा फिल्मको फस्र्टलुक पोस्टर पनि सार्वजनिक गरियो । जहाँ प्रदीप र परमितालाई प्रेमभावमा प्रस्तुत गरिएको छ । फिल्म निर्माणमा गोपीकृष्णसँग आरोही इन्टरटेन्मेन्टले साझेदारी गर्नेछ ।
निरक पौडेलको निर्देशनमा बन्ने फिल्मको फ्लोर डेट तय छैन । फिल्ममा प्रदीप र परमितासँगै रवीन्द्र खड्का, प्राक्षी श्रेष्ठलगायत लिड अभिनयमा रहने प्राप्त जानकारीमा उल्लेख छ । नामले नै प्रेमभाव बोल्ने फिल्म लभस्टोरी जनरामा बन्नेछ ।
प्रतिक्रिया