देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रक्तचन्दन तस्करीको नयाँ तरिका : रक्तचन्दनको तेलसहित दुई पक्राउ

देशान्तर

काठमाडौं । केहि समय रक्तचन्दको तस्करी रोकिएको सवैले अनुमान गरेपनि रक्तचन्दको तस्कारी नयाँ ढंगले हुन थालेको तथ्य फेला परेको छ । प्रहरीले साईटिस महासन्धीमा सूचिकृत रक्तचन्दनको भारी परिमाणको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । यो संगै रक्तचन्दनको तस्करी नयाँ ढंगले हुन थालेको तथ्य फेला परेको हो । महानगरीय प्रहरी वृत्त किर्तिपुरको टोलीले ९० लिटर रक्तचन्दनको तेलसहित खोटाङका चन्द्रकुमार केसी र काभ्रेका फडिन्द्र भट्टराईलाई पक्रेको हो ।

वृत्तका डिएसपी डा. मेखबहादुर खत्रीका अनुसार कीर्तिपुरमा रक्तचन्दनको तेलको अवैध कारोबार भै रहेको सूचनाका अधारमा दुबैजना तेल सहित पक्राउ परेका हुन्। उनका अनुसार ग्यालेनमा राखिएको ९० लिटर तेल प्रतिलिटर एकलाख रुपैयाँमा खरिद बिक्री हुने सुचना प्रहरीले पाएको थियो।

भारतको कर्नाटकबाट नेपाल हुदै रक्तचन्दनको काठ, रक्तचन्दनले बनेका सामाग्री र पछिल्लो केही वर्षयता रक्तचन्दनको तेल चिनतर्फ अवैध तस्करी हुदै आएको छ। पछिल्लो समय रक्तचन्दन तस्करीको मुख्य रुट तातोपानी नाकामा आएको अवरोधसँगै यसको तस्करी र तस्कर प्रहरीले पक्राउ गरेको थिएन।

‘कहाँ, कसका लागि कहाँबाट ल्याएको हो, यस बिषयमा अनुसन्धान भै रहेको छ, बरामद तेल र पक्राउ परेका ब्यक्तीलाई जिल्ला बन कार्यालयमा बुझाएका छौं, डिएसपी खत्रीले भने। उनका अनुसार पक्राउ परेका व्यक्तिले प्रति लिटर ३० हजारका दरले बेच्न ल्याएको बताएपनि कसलाई र कहाँ खुलाएका छैन। प्रहरीले चारवटा ग्यालेनमा भरिएको अवस्थामा रक्तचन्दनको तेल बरामद गरेको थियो।

]]>