देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रीले हाले भोट पत्रकारको चुनावमा

देशान्तर

काठमाडौं । शनिबार भएको नेपाल पत्रकार महासंघको प्रादेशिक निर्वाचनमा एक जना मन्त्रीले पनि मतदान गरेका छन् । प्रदेश नम्बर २ का कृषि तथा भूमिव्यवस्था मन्त्री शैलेन्द्र साहले पनि पत्रकारहरुको निर्वाचनमा मतदान गरेका हुन् ।मन्त्री साहले सप्तरी शाखाबाट मतदान गरे । दिउँसो राजविराजस्थित नेपाल पत्रकार महासंघको भवनमा आएर उनले मतदान गरेका हुन् । उनी नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य हुन् ।

साह संघीय समाजवादी फोरम नेपालबाट साह मन्त्री बनेका हुन् ।फोरम नेपालको पत्रकार संगठन संघीय प्रेस फोरम नेपालबाट प्रदेश नम्बर २ मा तीन जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष, उपाध्यक्ष र महासचिव पदमा संघीय फोरमले उम्मेदवारी दिएका छन् ।

यस्तै संघीय समाजवादी फोरम नेपालका प्रदेश २ का मुख्यसचिव शम्भु झाले पनि सप्तरी शाखाबाटै पत्रकारहरुको निर्वाचनमा मतदान गरेका छन् यस्तै राजपा नेपालका केन्द्रीय सदस्य अमरनाथ मण्डलले पनि सप्तरी शाखाबाटै नेपाल पत्रकार महासंघको प्रादेशिक निर्वाचनमा मतदान गरेका छन् ।एमाले नेता सुखराम यादवले पनि पत्रकारहरुको निर्वाचनमा मतदान गरेका छन् ।