काठमाडौं । किरात धर्म गुरु फाल्गुनन्दको १ सय ३२ औं जन्मजयन्ती किरात धर्मावलम्बीहरुले आज देशैभर विविध कार्यक्रम गरी मनाउँदैछन् । फाल्गुनन्द आफ्नो जीवनको अन्तिम पलसम्म किराँत धर्म संस्कार संस्कृतिको उत्थान संरक्षणका निमित्त लागिरहे। यसबीच उनले देशद्रोहीको अभियोग पनि खेपेका थिए । २००५ सालमा उनको देहान्त भएपछि किराँत संघ संस्थाहरूले हरेक वर्ष कार्तिक २५ गते फाल्गुनन्द जन्म जयन्ती मनाउदै आएका छन् ।
बाबु जगनबाज लिम्बु लिङदेन र आमा हंसमती लिम्बुको कोखबाट विक्रम सम्वत १९४२ साल कात्तिक २५ गते इलामको चुक्चिनाम्बामा फाल्गुनन्दको जन्म भएको थियो ।
फाल्गुनन्दले १९८८ बैशाख २४ गते पाँचथरको शिलौटीमा तत्कालिन दश लिम्वुवानका प्रतिनिधि बोलाएर किराँत याक्थुङ वृहद चुम्लुङ वोलाएर दशवुँदे सत्य धर्म मुचुल्का पारित गराएका थिए ।
जस्लाई किराँत समुदायले किराँत सस्कृतिको पहिलो खुट्किलोका रुपमा लिँदै बैशाख २४ गते समाज सुधार दिवशका रुपमा मनाउने गर्छन । उनको निधन २००५ साल चैत २२ गते भयो । उनलाई नेपाल सरकारले २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभुती घोषणा गरेको थियो ।
नेपाल सरकारले उनलाई राष्ट्रिय विभुती घोषणा गर्नुका साथै उनको फोटो अंकितहुलाक टिकट समेत प्रकाशन गर्दै आएको छ । सरकारले किरात धर्ममालम्बी कर्मचारीलाई विदा दिने गरेको छ ।
जयन्तिको अवसरमा आज ताप्लेजुङ सदरमुकाम फुङ्लिङ, पाँचथरको फिदिम, लव्रेकुटी, रवि, इलामको माङसेवुङ, तेह्रथुमको आठराई सक्रान्तिबजार लगायत किराँतिहरुको बढी बसोबास भएको देशका विभिन्न स्थानमा यो दिवस मनाइन लागिएको छ ।
आज यी स्थानमा धार्मिक पुजा सहित तेह्रथुमको आठराई सक्रान्तिबजार फाल्गुनन्दको १५ फिट अग्लो शालिक अनावरण गर्ने कार्यक्रम रहेको छ ।
]]>
प्रतिक्रिया