काठमाडौं । कांग्रेस नेता अर्जुन नरसिंह केसीले पार्टी पदाधिकारी मनोनयनप्रति तीब्र असन्तुष्टि जनाउँदै सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत केसीले देउवा निरंकुश कब्जाकै बाटोमा उन्मुख भएको टिप्पणी गरेका छन् । देउवाको गलत निर्णय रोक्न आफूले हरसम्भव प्रयास गर्दा पनि त्यो सम्भव हुन नसकेको उनको भनाई छ ।
उनले भनेका छन्, ‘हरसम्भव प्रयास गर्दा पनि सहमति र बैधानिक बाटोमा पार्टीलाई ल्याउन सकिएन,पार्टी नेतृत्व निरंकुशता र पार्टी कब्जा कै बाटोमा उन्मुख देखियो।’कांग्रेस सभापति देउवाले शुक्रबार उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन गरेका थिए । मनोनयनलाई लिएर कांग्रेसभित्र विवाद थप बल्झिएको बताइएको छ ।
प्रतिक्रिया