काठमाडौं। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले अबको दुई वर्षमा कृषिजन्य बस्तुको आयात रोक्ने बताएका छन्। चितवनको भरतपुरमा आज पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
अहिले नेपालमा ९३ प्रतिशत कृषि जन्य वस्तु आयात भएको भन्दै यसलाई रोकेर २ वर्षमा माछा, कुखुरा, गहुँ, फलफुल लगाएतका उत्पादनमा आयात प्रतिस्थापन गर्ने गरि सरकारले काम गरीरहेको उनले बताएका हुन ।
अबको समयमा भूमि व्यवस्थापन गर्न नसकेको खण्डमा कृषि क्षेत्रमा ठूलो समस्या आउने उनले बताए । भूमि वर्गीकरण गर्नु आबश्यक रहेको मन्त्री खनालले बताए। भूमि वर्गिकरण गर्न नसकेको खण्डमा कृषि क्षेत्रमा समस्या आउने उनले बताए।
प्रतिक्रिया