देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले सार्वजनिक यातायात नचलाउने विरुद्ध अनुगमन सुरु

देशान्तर

काठमाडौं । सरकारले सार्वजनिक यातायात नचलाउने विरुद्ध अनुगमन सुरु गरेको छ । यातायात व्यवस्था विभागका निर्देशक तीर्थराज खनालको नेतृत्वमा अनुगमन सुरु भएको हो ।

अनुगमन टोली अहिले भक्तपुर पुगेको छ । भक्तपुर पछि काठमाडौंको कलंकी र बसपार्कमा पनि अनुगमन हुने विभागले जनाएको छ ।

आज गाडी नचलाउनेको विवरण संकलन गरी कारबाहीको प्रक्रियामा ल्याउने विभागको तयारी छ । विभागले यस अघि नै सिडिकेण्टको पक्षमा गाडी नचलाउनेको इजाजत र रुटपरमिट खारेज गर्ने बताएको थियो ।