देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदमा लोकमानविरुद्धको महाअभियोगबारे आजबाट छलफल

देशान्तर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावमा आज संसद बैठमा छलफल सुरु  हुँदै छ । झण्डै दुई साताको रोकिएपछि हिजोको लागि बोलाइएको संसद आज बिहान आज ११ बजे बोलाइएको छ । आजको बैठकको कार्यसूचीमा कार्कीबिरुद्ध महाअभियोग प्रस्तावमाथिको छलफल हुने उल्लेख छ ।

उक्त छलफल सकिएपछि सांसदले कार्किविरुद्धका आरोपबारे अनुसन्धान तहकिकातको जिम्मेवारी महाअभियोग सिफारिस समितिलाई दिनेछ । समितिले काम सुरु गरेको सात दिनभित्र आरोपिलाई सफाइको मौकासमेत दिई एक महिनाभित्र संदनमा प्रतिवेदन पेस गर्नुपर्छ ।

आन्तरिक कार्यविधि तयारीकै क्रममा रहेको समितिको बैठक पनि शुक्रबार डाकिएको छ । बिहान साढे ८ बजे बस्ने बैठकले समितिको कार्यविधिलाई अन्तिम रुप दिने छ। माओवादी केन्द्रका सांसद रामनारायण बिडारी संयोजक रहेको ४ सदस्यीय कार्यदलले संविधान र संसद नियमावलीलाई केन्द्रमा राखी आफ्नो प्रतिवेदन तयार पारेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १ सय ५७ जना सांसदले गत कात्तिक ३ गते कार्की बिरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

गत कात्तिक ९ गतेको पहिलो दिनको छलफलमा भाग लिदै प्रस्तावक महेन्द्रबहादुर शाही सहित १५ जना सांसदले महाअभियोग पारित गर्नुपर्नेमा जोड दिएका थिए । महाअभियोग प्रस्तावमाथिको छलफलको समयतालिका तय गर्न सभामुख ओनसरी घर्तीले नयाँबानेश्वरमा बिहान १० बजे प्रमुख सचेतकसहितको कार्यब्यवस्था परामर्श समितिको बैठक बोलाएकी छिन् ।  

घर्ती सहित प्रमुख ८ दलका प्रमुख सचेतकहरुको बैठकले महाअभियोग प्रस्तावमाथिको छलफलको कार्यतालिका तय गर्नेछन् । छलफल सकिएपछिमात्र संसदले महाअभियोग प्रस्ताव थप अध्ययन र अनुसन्धानका लागि महाअभियोग सिफारिस समितिमा पठाउनेछ ।

]]>