देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कृषिको आधुनिकीकरण आवश्यक: राष्ट्रपति

देशान्तर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कृषिको आधुनिकीकरण आवश्यक रहेकोमा जोड दिएकी छिन । अन्तराष्ट्रिय सिंचाई तथा जल विकास नियोगको १८औँ एशियाली क्षेत्रीय सम्मलेलनको काठमाडौंमा उद्घाटन गर्दै उनले नेपालको कृषि प्रणालीलाई बैज्ञानिकीकरण गर्नु पर्नेमा जोड दिए ।

उनले सिंचाई तथा जल व्यवस्थापनलाई अन्तर्राष्ट्रियस्तरमा विकास गर्नु पर्ने सुझाव दिए । कृषि क्षेत्रमा कार्यरत जनशक्तिको अनुसन्धनात्मक र प्राविधिक क्षमता अभिवृद्धि गुर्नपर्ने उनको भनाई थियो ।

सिंचाई, नदी नियन्त्रण एवं कृषियोग्य जमिनबाट पानी निकासका क्षेत्रमा बैज्ञानिक अनुसन्धान र प्राविधिक ज्ञानलाई अन्तर्राष्ट्रिय रुपमा आदान प्रदान गरी नेपालले पाठ सिक्नु पर्ने उनको भनाई थियो ।

नेपालमा सिंचित कृषिको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको भन्दै यसलाई सदुपयोग गर्नु राष्ट्रपतिको भनाई थियो ।राष्ट्रपतिले नेपालको कृषि क्षेत्र विश्वकै उदाहरणको रुपमा रहेको भन्दै यसलाई अन्तर्राष्ट्रियस्तरको प्राविधिक दक्षता सीपको खाँचो रहेको बताए ।

सम्मेलनमा २२ मुलुकका ७० वटा अनुसन्धान सम्बन्धि कार्यपत्र पेश गरिने छ । त्यसैगरी ३० देशका एक सयभन्दा बढी जलस्रोत विज्ञ र नेपालका ५ सय अनुसन्धानकर्ता र विज्ञ सहभागी छन् । सधै हरित क्रान्तिका लागि सिंचाई सम्मेलनको नारा रहेको छ ।