काठमाडौं । प्रहरीले इन्डियन प्रिमियर लिग आईपीएल खेलको बाजी लगाएर अनलाइन जुवा खेलेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको पिपरास्टेशन थाना घर भइ हाल जमल बस्दै आएका ४२ वर्षीय मुकेश जैसवाल र मोतिहारीको ढाकास्टेशन घर भइ हाल काठमाडौंको टंकेश्वर बस्दै आएका २१ वर्षीय सञ्जिव कुमार जैसवाल छन् ।
काठमाडौंको खिचापोखरी क्षेत्रमा अनलाइन जुवा हुने गरेको विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त, जनसेवाको विशेष टोलीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । उनीहरु अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न भएको प्रहरीको भनाइ छ ।
उनीहरुको साथबाट १ लाख ४० हजार रुपैयाँ ५ सय नगदसहित जुवाका हिसाब राखेको नोट बुक समेत प्रहरीले बरामद गरेको छ । थप अनुसन्धान भइरहेको परिसरका डिएसपी मोहन थापाले बताए ।
प्रतिक्रिया