देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतका लागि नवनियुक्त राजदूत ​ उपाध्याय दिल्ली प्रस्थान

देशान्तर

काठमाडौं ।  भारतका लागि नवनियुक्त राजदूत दीपकुमार उपाध्याय कार्यभार सम्हाल्न शनिबार नयाँ दिल्ली प्रस्थान गरेका छन् । बिहान ११ बजेको नेपाल वायु सेवा निगमको विमानबाट नयाँ दिल्ली प्रस्थान गरेका राजदूत उपाध्यायले सोमबारपछि ओहदाको प्रमाणपत्र भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई बुझाउने कार्यक्रम तय भएको छ ।  

यसअघि सुशील कोइराला नेतृत्वको सरकारले राजदूत नियुक्त गरेका उपाध्यायलाई कार्यकाल बाँकी छँदै १३ महिनामा केपी ओली नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो । ओली सरकारले फिर्ता बोलाए पनि कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा सरकार बनेलगत्तै उपाध्यायका लागि सिफारिस गरेको थियो ।

सरकारले भारतका लागि राजदूतमा सिफारिस गरेपछि संसदीय सुनुवाइ भएर केही समय अगाडिमात्र राष्ट्रपति विद्या भण्डारीले उपाध्यायलाई दोस्रो पटकको कार्यकाल सम्हाल्नका लागि भारतका लागि राजदूत नियुक्त गरेकी हुन् । 

 

]]>