देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वाम सरकारको गतिविधि लोकतन्त्र विरोधी : नेता रिजाल

देशान्तर

बुटवल । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले वाम सरकारको गतिविधि लोकतन्त्र विरोधी रहेको दाबी गरेका छन् ।

मंगलबार रिपोटर्स क्वलब ५ नम्बर प्रदेशले बुटबलमा आयोजना गरेको  साक्षात्कार कार्यक्रममा  रिजालले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताप्रति कर्तब्य निर्वाह गर्न  सुझाव दिए ।

‘हरेक तानाशाहको जन्म म नै ठिक अरु सबै बेठिक भनेपछि शुरु हुन्छ,ओलीले आफ्नो मात्रै प्रशंशा गर्दै हिडेका छन्’, उनले भने, ‘अन्तिम सत्य मैलेमात्रै देखेको छु भन्ने अहंकार उनमा छ । अहिले त सम्यम हुने बेला हो  । सरकारले अहंकार गर्ने होइन जनताका प्रति कर्तब्य निर्बाह गर्नुस् ।’

सरकारले पेल्ने, थिचोमिचो गर्ने गरेको आरोप लगाउँदै रिजालले कम्युनिष्ट सत्तालाई लोकतन्त्रको बाटोमा हिँडाउन कांग्रेसको भूमिका रहने समेत बताए । उनले कांग्रेस विवादमा रुमल्लिन नहुने भन्दै एकजुट भएर अघि बढ्नुपर्नेमा समेत जोड दिए ।

कांग्रेसमा पदाधिकारी नियुक्तिबारे देखिएको विवाद सहमतिबाट टुंगो लगाइनुपर्नेमा  पनि उनले जाड दिए । ‘एकलौटी निर्णय भए मान्य हुँदैन, सहमतिका आधारमा पदाधिकारी नियुक्त गर्नुपर्छ’ उनले भने ।

अर्को प्रसंगमा उनले नेपालको भारत र चीनसंग राम्रो सम्बन्ध  हुनुपर्ने भन्दै  उनीहरुसंग वाम सरकारले सम्बन्ध बिगारे नेपालले मात्रै दुख पाउने धारणा राखे । ‘दुनियामा सबैले चिनेका देशका बीचमा हामी छौं, सम्बन्ध राम्रो नभए दुख यीनीले पाउँदैनन्, हामीले पाउछौं ।’