काठमाडौं । ओमानमा नेपाली युवतीको अपहरणपछि सामुहिक बलात्कार भएको छ । ओमानको मावेलामा बंगलादेशका ६ जना नागरिकले नेपाली युवतीको अपहरण गरी सामुहिक बलात्कार गरेका हुन् । उनीहरुले बलात्कारपछि हत्याको योजना बनाइरहेका बेला ओमानको प्रहरीले उद्धार गरेको छ ।
१६ महिना अघि घरेलु महिला कामदारको रुपमा ओमान पुगेकी उनी ८ महिना स्पोन्सरको घरमा काम गरेर भागेकी थिइन । उनलाई एक जना बङगाली नागरिकले राम्रो काम लगाइदिन्छु भन्दै शुक्रबार दिउँसो मस्कटबाट झण्डै २० किलोमिटर टाढा मावेलामा पुर्याएपछि अरु पाँच जना साथीलाई जिम्मा लगाएका थिए ।
प्रहरीले उद्दार गरेपछि पीडित युवती एनआरएनए ओमानको सम्पर्कमा आएको अध्यक्ष दीपक श्रेष्ठले बताए । मृत्युको मुखबाट जोगिएकी पीडित युवती अहिले प्रहरीले संरक्षणमा राखेको छ । अपहरणकारी फरार छन भने प्रहरीले अनुसन्धान सुरु गरिसकेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । घटनाबारे जानकारी पाएको र त्यसबारे थप प्रक्रिया सुरु गरेको नेपाली दूतावास ओमानले जनाएको छ ।
प्रतिक्रिया