काठमाडौं । बाजुराको जगन्नाथमा धामीको शक्ति देखाउने भन्दै दुई जना कर्णाली नदीमा हाफ फालेका छन् ।नदीमा हाफ फाल्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ ।
मृत्यु हुनेमा ६१ वर्षीय मानबहादुर सिंह विष्ट छन् । त्यस्तै, ५३ वर्षीय जयबहादुर विष्ट बेपत्ता भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटले दिएका छन । बगरमा बसेर काम्दै काम्दै दुवै जना नदीमा हाफ फालेको स्थानीयले बताएका छन् ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया