देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तरुण दल केन्द्रीय सदस्यमा मैनालीको उम्मेदवारी

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलको पोखरामा जारी चौथों महाधिवेशनमा पुराना विद्यार्थी नेता निरमुनि मैनालीले केन्द्रीय सदस्यमा औपचारिक उम्मेदवारी घोषणा गरेका छन् । 

मैनालीले दुई कार्यकाल कुशलतापूर्वक नेविसंघ सर्लाहीको अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् । दुई दशक अघिदेखि राजनीतिमा सक्रिय मैनालीले  विभिन्न कालखण्डमा भएको आन्दोलनमा सक्रिय भूमिका खेल्दै आएका छन् । 

समग्र राष्ट्रिय राजनीतिप्रति धेरै युवाहरुको  वितृष्णा हटाई युवा वर्गमा राष्ट्रिय राजनीतिप्रति सकारात्मक रुची जगाउन आफु प्रतिबद्ध रहेको मैनाली बताउनु हुन्छ । लाखौं युवा तरुणहरुले विदेशी भूमिका आफनो रगत पसिना सिञ्चित गरिरहेकाले त्यस्ता जनशक्तिलाई स्वदेशमा नै परिचालित गर्न सक्ने गरी ठोस कार्य योजना ल्याउनु आजको मुख्य आवश्यकता भएको मैनालीको भनाइ छ । समाज तथा सिंगो राष्ट्रलाई  समुन्नत दिशातर्फ अग्रसर गराउनका लागि तरुण युवाहरुलाई राजनीतिसँगै उद्यमशीलतातर्फ प्रेरित गर्नु नितान्त आवश्यक भएको मैनालीले बताए ।

 

]]>