देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वामपन्थी मिडिया र बुद्धिजीवीले कांग्रेस भ्रष्ट भन्ने भ्रम फैलाएः गगन थापा

देशान्तर

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले वामन्थी मिडिया र वुद्धिजिविहरूले कांग्रेस भ्रष्ट हो भन्ने भ्रम समाजका फैलाएको बताएका छन् । नेता थापाले शुक्रबार चितवन कांग्रेसले भरतपुरमा आयोजना गरेको कार्यक्रमम यही भ्रमका कारण नयाँ मतदाता कांग्रेस प्रति आकर्षित नभएको बताए ।

’४८ सालमा सबै कम्युनिष्ट दल मिल्दा पनि कांग्रेसको बहुमत आउँथ्यो। त्यो बेला ३३ प्रतिशतको हाराहारीमा मत ल्याएका कम्युनिष्टहरू ५५ प्रतिशतसम्म पुग्यो,’ थापाले भने।

सरकारमा गएको दलको जनताले काम र छवि हेर्ने बताए। तर सरकारमा जाँदा कांग्रेसको छवि मतदाता आकर्षित गर्ने खालको पनि नभएको उनले बताए। यसमा २६र२७ वर्षदेखि योजनावद्ध रूपमा कांग्रेस विरोधी शक्तिले गलत प्रचार गरेको उनले बताए।

’६४ सालयता कम्युनिष्टहरू ३४ सय दिन र कांग्रेस २६ सय दिन सरकारमा बसेको छ। तर देश बिग्रेको कांग्रेसले गर्दा हो भनेर जनताले सोच्छ। यो जनतामा परेको भ्रमले हो। योजनावद्ध दुषप्रचार भएको छ,’ नेता थापाले भने।

गएको चुनावमा वामदलहरू मिलेर स्थयी सरकार बनाउँछौं भन्दा जनताले नयाँ दल आएझै ठान्नु पनि यही दुश्प्रचारका कारण भएको उनले बताए। ’हामीले यी भ्रम चिर्न सकेनौं। हामीले मैदान छाड्दा कम्युनिष्टहरूले फाइदा लिए। हाम्रै वैचारिक जमिन र राजनीतिमा अहिले कम्युनिष्टहरू राजनीति गरेका छन्। उभिएका छन्,’ थापाले भने।

सरकारको काम चुरोट, जुत्ता, सिमेन्ट बनाएर बस्न मिल्दैन भन्दै ५० सालपछि निजीकरण गर्दा कांग्रेसले उद्योग बेच्यो भन्ने आरोप लागेको उनले बताए।