काठमाडौँ । दिव्या भारतीकी आमा मीता भारतीको मृत्यु भएको छ । मृत्यु भएको सातदिन पछि यसबारे मिडियामा खबर आएको हो ।
दिव्याकी सानीमाकी छोरी कायनात अरोडाले यसबारे पुष्टि गरेकी हुन् । मृगौला पूर्ण रुपमा खराब भएका कारण लामो समयदेखि बिरामी मीताको गत शुक्रबार मृत्यु भएको उनले जानकारी दिएकी छिन् ।
उनले भनिन्, ‘उहाँ अब हामीबिच हुनुहुन्न । उहाँको मृगौला पूर्ण रुपमा खराब भइसकेको थियो जसका कारण उहाँको शरिरबाट पानी चुहिन थालेको थियो । गत शुक्रबार नियमित उपचारका लागि अस्पताल पुर्याउँदा त्यही दिन मृत्यु भयो ।’
कायनातका अनुसार मीताले धेरै पटक दिव्या भारतीको कुरा गर्ने गर्थिन् । दिव्या भारतीलाई आफूले कहिले पनि नछोडेको उनले बताउने गरेको कायनातले सम्झिइन् । उनी भन्छिन्, ‘उहाँले दिव्या दिदीलाई निकै समर्थन गर्नुहुन्थ्यो । उहाँ छोरीसँग यति अट्याच हुनुहुन्थ्यो कि कहिले पनि बिर्सन सक्नुभएन । छोरीको मृत्युले उहाँलाई निकै आघात पुर्याएको थियो जसबाट उहाँ कहिले पनि बाहिर निस्कन सक्नुभएन । अब उहाँ छोरी भएठाउँ पुग्नुभएको छ ।’
दुःख पर्दा दिव्याका पूर्व श्रीमानले गरे मद्दतः
कायनात अरोडालाई विश्वास गर्ने हो भने दुःखको समयमा दिव्या भारतीका पूर्व श्रीमान् साजिद नाडियाडवालाले उनको (दिव्या) को परिवारलाई निकै मद्दत गरे । उनी भन्छिन्, ‘साजिद दिव्या दिदीको परिवारको साथमा चट्टानसहित खडा रहे । उनले दिव्या दिदीको आमाबुवालाई आफ्नै आमाबुवाजस्तै मान्दथे । जतिबेला साजिदको कुनै फिल्म रिलिजका लागि तयार हुन्थ्यो उनी दिव्या दिदीका परिवार र पाहुनाका लागि स्पेशन स्क्रिनिङ राख्ने गर्दथे । दिव्या दिदीको मृत्यु भएपछि उनले कहिले पनि एक्लोपनाको महसुस गर्न दिएनन् । ’
प्रतिक्रिया