देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशलाई अस्थिरतामा धकेल्ने जोसुकैलाई नछाड्नेः गृहमन्त्री थापा

देशान्तर

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले मुलुकमा अस्थिरता कायम गर्न खोज्ने जोसुकैलाई नछाड्ने बताएका छन् । मन्त्री थापाले यातायात क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा गर्ने वातावरण बनाउने पनि बताए । लुम्बिनी प्रेस क्लव भैरहवाले आज गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा गरेको साक्षात्कारमा मन्त्री थापाले सिण्डिकेट अन्त्य गरेर निजी तथा यातायात क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा गर्ने वातावरणको सुरुआत गरिने बताएका हुन् ।

देशलाई अस्थिरतातर्फ धकेल्न केही तत्व सक्रिय भएको बताउँदै उनले त्यस्ता तत्वलाई खोजी–खोजी कार्वाही गर्ने बताए । अपराध नियन्त्रण र जनतालाई प्रभावकारी सेवा प्रदान गर्नका लागि केन्द्रदेखि प्रदेश सरकारसम्मले काम थालेको उनले बताए ।

गृहमन्त्री थापाले पछिल्लो समय सल्बलाएको अपराध, चोरी तस्करी तथा लागुऔषधका घटनालाई पूर्ण रुपमा रोक्ने जिकिर गरे । सरकारले नेपाली जनताको शान्ति सुरक्षा र बिकासप्रतिको चाहनालाई मूर्त रुप दिन लागेको उनको भनाइ छ । गृहमन्त्री थापा प्रदेश ५ को सुरक्षा गोष्ठीमा सहभागी हुन रुपन्देही पुगेका हुन् ।