देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जेठ ७ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन हुने

देशान्तर

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जेठ ७ देखि दैनिक २१ घण्टा सञ्चालन हुने भएको छ। हाल दैनिक साढे १८ घण्टा विमानस्थल सञ्चालन हुँदै आएको छ।

बिहान ६ बजेदेखि बेलुका साढे १२ बजेसम्म विमानस्थल सञ्चालन हुने गरेको छ। संस्कृति, पर्यटन तथा नागकि उड्ययन मन्त्री रवीन्द्र अधिकारीले जसरी पनि तोकिएको मितिभित्र दैनिक २१ घण्टा विमानस्थल सञ्चालन गर्न निर्देशन दिएका छन्।

सय दिने आफ्नो कार्ययोजनाको समीक्षा गर्दै उनले विमानस्थल सञ्चालनको समय बढाउन निर्देशन दिएका हुन्। नयाँ जहाजलाई अनुमति नदिएर वा भएका आन्तरिक उडान कटौती गरेर भए पनि हवाई जाम कम गर्न मन्त्रीले निर्देशन दिए।

मन्त्री अधिकारीले सय दिने कार्ययोजनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय बढाउने कार्ययोजना बनाएका थिए। सो अवसरमा विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले जेठ ७ गतेदेखि २१ घण्टा सञ्चालन गर्नेगरी तयारी भइरहेको बताए।

हाल एकमात्र रनवे तथा मौसम प्रतिकुल हुँदा दैनिक कयौं उडान रद्द गर्नुपर्ने, डाइभर्टमात्र नभई दैनिक उडान ढिला तथा अकाशमै होल्ड हुने अवस्था छ।

२१ घण्टा विमानस्थल सञ्चालन हुने भएपछि उडानमा सहजता हुने सम्बद्ध अधिकारीहरूको विश्वास छ।