काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नयाँ विधान अनुसार चुनाव भएपछि नेपालको निलम्बन फुकुवामा अर्को कदम चाल्ने बताएको छ ।
निर्वा्चित क्यानले हालै मात्र सल्लाहकार समूहले बनाएको विधान हुबहु पारित गरेको थियो ।
भारतको कोलकातामा बसेको आईसीसी बोर्ड बैठकमा नेपालबारे पनि छलफल भएको छ ।
बैठकपछि आईसीसीले निलम्बन फुकुवाको दिशामा आगामी कदम संशोधित विधानअनुसार निर्वाचन भएपछि चालिने जानकारी दिएको हो ।
प्रतिक्रिया