काठमाडौं । साढे ३३ केजी सुन प्रकरणमा मुछिएका प्रहरी नायव उपरीक्षक सञ्जय राउत छानबिन समितिको सम्र्पकमा आएका छन । मंगलबार गृह मन्त्रालयमा बयान दिने क्रममा फरार भएका डिएसपी राउत सम्र्पकमा आएको प्रहरीले जनाएको छ ।फरार भएपछि छानबिन समितिले उनलाई खोज्न ७७ वटा जिल्ला र प्रदेश प्रहरी कार्यालयमा आन्तरिक सर्कुलर जारी गरेको थियो ।
इलाका प्रहरी कार्यालय, इटहरीमा कार्यरत् राउत बयानकै बीच गृहबाट निस्किएका थिए । लगत्तै उनी समितिबाट सम्पर्क्बिहीन भएका थिए । राउत साढे ३३ केजी सुनका मालिक भनिएका चुडामणि उप्रेती गोरेसँग राम्रो सम्बन्ध भएको बताइएको छ ।
गत ७ माघमा यूएईबाट त्रिभुवन अन्तर्रा्िष्ट्रय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । र, त्यो सुन खोज्ने क्रममा भरिया शाक्यलाई टर्चर दिएर हत्या गरिएको थियो । घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ ।
प्रतिक्रिया