काठमाडौं । अब घरमा बसीबसी मोवाइल वा कम्प्युटरबाटै सरकारलाई राजश्व तिर्न सकिने भएको छ । सरकारले करदाताले आफ्नो बैंक खाताबाट विद्युतीय माध्यममार्फत राजश्व तिर्न सक्ने प्रणालीको सुरवात गरेको हो ।
अर्थ मन्त्रालयले आज काठमाडौंको करदाता सेवा कार्यालय, ठमेलबाट यस्तो प्रणालीको औपचारिक सुभारम्भ गरेको हो । पूर्ण कार्यान्वयन भने साउनदेखि मात्र हुनेछ ।
हालका लागि करदाताले एक लाख रुपैयाँसम्मको कर विद्युतीय माध्यमबाट तिर्न सक्नेछन् । आगामी साउनदेखि भने जतिसुकै ठूलो कारोबार पनि विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने गरी प्रयास भइरहेको मन्त्रालयले जनाएको छ ।
करदाताले सरकारलाई बुझाउनुपर्ने सबै प्रकारका कर, शूल्क वा दस्तुर उक्त विद्युतीय प्रणालीबाट बुझाउन सक्नेछन् । यो प्रणालीबाट गरिने कारोबार पूर्ण सुरक्षित रहने प्रतिवद्धता मन्त्रालयले व्यक्त गरेको छ ।
अर्थमन्त्री डा। युवराज खतिवडाले भुक्तानीलाई करदातामैत्री बनाउनका लागि यस्तो प्रणाली अवलम्बन गरिएको बताए। यो प्रणालीले करदाताको प्रशासनीक झन्झट न्यूनीकरण गर्न र राजश्व सहभागिता बढाउन मद्दत पुग्ने उनको भनाइ थियो ।
छ
प्रतिक्रिया