काठमाडौं । सुनसरीको प्रकाशपुरकी १७ वर्षिया किशोरी कल्पना कविरथ नेपालकै होची भएको दाबी गरिएको छ । स्थानीय प्रकासपुर डोबर इंगलीस एकेडेमीमा कक्षा ९ मा अध्ययनरत बराहक्षेत्र ९ प्रकासपुरको जुँगेचौक स्थायी घर भएकी अल्पसंख्यक कविरथ समुदायकी किशोरी कल्पनाको उचाई २९ इन्च मात्र रहेको छ ।
कल्पना अध्ययनरत विद्यालयका शिक्षक तथा उनका आफन्तजनहरुले उनको उचाई २९ इन्च मात्र रहेकाले उनि नेपालकै होची रहेको दाबी गरिएका हुन् ।
होची कल्पनाको पढ्ने रहरका कारण पढाईलाई निरन्तरता दिदै आएको बताउछिन् । पढ्ने इच्छा भएको कारण विद्यालय आउन सहयोगी लिएर साईकलमा आउने गरेको उनले बताइन् ।
पढाईमा अब्वल रहेकी कल्पना होचो कद र परिवार सामान्य रहेकोका कारण विद्यालयले उनलाई निशुल्क रुपमा पढाईरहेको विद्यालयका निर्देशक रविन घिमीरेले जानकारी दिए ।
सहयोगी बिना विद्यालय सम्म आउन समेत कठीनाई हुने कल्पनालाई राज्यले समेत सहयोग गरेर हैसाल प्रदान गर्नु पर्ने घिमीरेको वुझाई रहेको छ ।
शरीर होचो रहेकाले लामो समयसम्म हिँड्नडुल्न असहज हुने उनका आफन्त बताउँछन् । सामान्य परिवारमा जन्मिएकी कल्पना बावुआमाका अन्य सन्तान भने सामान्य छन । रातो पार्टीबाट
प्रतिक्रिया