काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उदारीकरण, खुल्ला बजार नीति र निजीकरणको नाममा उद्योगधन्दा बेचेर खाने काम भएको बताएका छन । भूकम्प मापन केन्द्र सुर्खेतको नवनिर्मित भवन उद्घाटन गर्न सुर्खेत पुगेका मन्त्री यादवले बुधबार वीरेन्द्रनगरमा प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा निजीकरणको गलत प्रयोगले नेपालमा उद्योगधन्दा बेचेर खाने काम भएको बताए ।
उनले नेपालमा बहुदल पछि आर्थिक क्षेत्रमा खुल्ला उदारीकरण, बजार नीति, निजिकरणको गलत स्कुलिङले देशका उद्योगहरु धारासायी भएको बताए । निजिकरणको नाममा उद्योगधन्दाहरु बेचेर खाने र नेपाल अरुको लागि बजार भएको छ । व्यवस्थित रुपमा संचालन गर्नुभन्दा पनि बेचेर खाने भएको छ ।
उनले सरकार जनताको तागतमा बनेकोले अब कुनै पनि क्षेत्रमा सिण्डिकेट लागु नहुने पनि बताए ।उनले अब साना र ठूला उद्योगहरु संचालन गर्न मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिँदै आम जनाता, सरकार र निजी क्षेत्रको सहभागितामा गाउँगाउँमा उद्योगहरु स्थापना गरेर आयातमा रोक्ने र आन्तरिक उत्पादनलाई बढाउने बताए ।
प्रतिक्रिया