देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस युवा नेताहरुद्धारा केन्द्रीय समिति बैठकमा लिखित प्रस्ताव पेस (पूर्णपाठसहित)

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापासहितका युवा नेताहरुले केन्द्रीय कार्यसमितिको बैठकमा लिखित प्रस्ताव पेस गरेका छन् ।

५१ पृष्ठ लामो प्रतिवेदनमा संविधानपछिको असन्तुष्टिको सम्बोधन, भारतीय नाकाबन्दीमा मौन रहनु, संविधान निर्माणपछि सरकार गठनमा देखिएको कमजोरी लगायतका विषय प्रतिवेदनमा उठान गरिएको छ । प्रतिवेदनमा तत्काल महासमितिको बैठक बोलाउनुपर्ने र त्यसलगत्तै १४ औं महाधिवेशनको कार्यतालिका बनाएर अघि बढ्नुपर्ने उल्लेख छ ।

“महासमिति सकेलगत्तै १४ औं महाधिवेशनको तालिका बनाएर काम गर्नुपर्छ,” प्रतिवेदनमा भनिएको छ, “०४८ सालयता जसरी विचार र संगठनमा ढोका बन्द भए त्यसरी नै नेतृत्वमा रहेका पुराना मान्छेको स्वभाविक बहिर्गमन र नयाँ मान्छेको आगमन नहुनाले एजेण्डा, विचार र क्षमताको दृष्टिले पार्टी जमेको पोखरी जस्तो भएको छ ।”

प्रतिवेदनमा अब कम्युनिष्ट गठबन्धन के होला भनेर कुर्ने अवस्था नभएको उल्लेख छ ।

“अब कम्युनिष्टको गठबन्धन के होला भनेर नकुरौं, ५ वर्षपछिको चुनावमा यस्तो अवस्था बनाऔं सबै पार्टी एक ठाउँमा मिलेर चुनाव लड्दा पनि हामीले अहिलेको मतदाता जोगाएर कम्तिमा १५ लाख भोट थपेर एक्लै बहुमतसहितको पहिलो पार्टी बनाउनेछौ,” प्रतिवेदनमा भनिएको छ। केन्द्रीय सदस्य चन्द्र भण्डारीका अनुसार उक्त प्रतिवेदन सभापतिसमक्ष पेस भएको छ ।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ